अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 04:52

टोकियो ओलम्पिक्स अर्को बर्ष जुलाईमा हुने

बिआरटीनेपाल २०७६ चैत १७ गते ८:०९ मा प्रकाशित

टोकियो ओलम्पिक्स अब सन् २०२१ को जुलाई २३ बाट सुरु भएर अगस्ट ८ मा समापन हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण टोकियो ओलम्पिक्स एक वर्ष पछाडि सारिएको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक्स कमिटी (आईओसी) को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो। एक वर्षपछि आयोजना भए पनि प्रतियोगिताको नाम भने टोकियो ओलम्पिक्स २०२० नै रहनेछ।

अब प्यारा ओलम्पिक्स भने सन् २०२१ को अगस्टे २४ देखि सेप्टेम्बर ५ सम्म हुनेछ। आईओसीअध्यक्ष थोमस बाखले नयाँ मितिमा ओलम्पिक्स आयोजना गर्नु चुनौतीपूर्ण हुने बताउँदै यसमा सबैको सहयोग प्राप्त हुने विश्वास गर्नुभएको छ ।

प्रतिक्रिया