अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

कोरोनाविरूद्ध लड्न फिफाको १० मिलियन डलर सहयोग

बिआरटीनेपाल २०७६ चैत ७ गते ९:०४ मा प्रकाशित

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १० मिलियन डलर आर्थिक सहयोग गरेको छ । फिफाले कोरोनाविरुद्ध लड्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई १० मिलियन सहयोग गर्ने घोषणा गरेको हो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कोरोनाबाट प्रभावित फुटबल समुदायका सदस्यहरूलाई सहयोग र्पुयाउन विश्वव्यापी फुटबल सहयोग कोष स्थापना गर्ने समेत बताएका छन् । यस्तै फिफाले युरोकप फुटबल र कोपा अमेरिका फुटबल स्थगित गर्ने निर्णयलाई समेत स्वीकृत गरेको छ ।

चीनबाट फैलिएको कोरोनाका कारण विश्वभर हजारौं मानिसको मृत्यु भईसकेको छ । यस्तै लाखौ मानिस संक्रमित भएको छ । कोरोनाको कारण फुटबल खेलाडी तथा प्रशिक्षक समेत संक्रमित भएका छन् ।

प्रतिक्रिया