अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

क्रिकेट सम्बन्धि गतिविधि अनिश्चित समयको लागि स्थगित

बिआरटीनेपाल २०७६ चैत ७ गते ८:३१ मा प्रकाशित

नेपाल क्रिकेट संघ क्यानले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयको लागि स्थगित गरेको छ । क्यानले सूचना जारी गर्दै कोराना भाइरसको जोखिम नियन्त्रणको लागि अर्को सूचना नआएसम्म क्रिकेटका सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

क्यानले केन्द्र, प्रदेश र जिल्लाको सचिवालय समेत बन्द गरिएको जनाएको छ । विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि राष्ट्रिय खेलकुद परिषद राखेपले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि क्यानले सम्पूर्ण गतिविधि बन्द गरेको हो ।

प्रतिक्रिया