अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता स्थगित

बिआरटीनेपाल २०७६ चैत २ गते ९:१३ मा प्रकाशित

कोरोना भाईरसको महामारीका कारण विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्मका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय सिरिज समेत रद्द गरेको छ ।

सो खेल मार्च १५ मा लखनउ र मार्च १८ मा कोलकतामा हुने तय भएको थियो । बीसीसीआईले अर्को सूचना जारी नभएसम्मका लागि सम्पुर्ण घरेलु प्रतियोगिता समेत स्थगित गरेको छ । रणजी च्याम्पियन र भारतसंग हुने भनिएको ईरानी कप समेत तत्कालका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया