अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

लिभरपुललाई हराउँदै एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा

बिआरटीनेपाल २०७६ फागुन २९ गते ९:१५ मा प्रकाशित

लिभरपुललाई पाखा लगाउँदै एथ्लेटिको मड्रिड युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ ।गएराति लिभरपुलको मैदानमा भएको राउण्ड अफ सिक्सटिनअन्तर्गत दोस्रो लेगको खेलमा एथ्लेटिको अतिरिक्त समयमा विजयी भयो ।

स्पेनमा भएको पहिलो लेगको खेलमा एथ्लेटिको १–० ले विजयी भएको थियो । बुधबार दोस्रो लेगको निर्धा्रित ९० मिनेटसम्म लिभरपुल १–० ले विजयी भएपछि एग्रिगेटमा खेल १–१ गोलको बराबरीमा पुग्यो । यसपछि थपिएको समयमा लिभरपुलले १ गोल गर्दा एथ्लेटिकोले ३ गोल गर्यो ।

भ्रमणकारी टोलीका लागि मार्कस लोरेन्तेले दुई तथा अल्भारो मोराटाले एक गोल गरे । पराजित टोली लिभरपुलका लागि भने जर्जी्नियो वहाल्दम र रोबर्टो फर्मीनोले एक एक गोल गरेका थिए । अतिरिक्त समयको खेलपछि समग्रमा ४–२ को जित निकाल्लै एथ्लेटिको विजयी हुँदा साविक विजेता लिरभपुलको यात्रा रोकियो । बुधबारराती भएको अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्डलाई २–० ले हराउँदे फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि क्वाटरफाईनलमा पुगेको छ ।

पहिलो लेगमा डर्टमण्डसँग भोगेको २–१ को हार उल्टाउँदै पिएसजी समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठमा पुगेको हो । फ्रान्समा कोरोना संक्रमणको त्रास बढेपछि यो खेल दर्शकविना खाली रंगशालामा खेलाईएको थियो । च्याम्पियन्स लिग फुटबलमा जर्मनीको आर.बी लेप्जीग र इटालीको एटलान्टा पनि च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरिसकेका छन् । क्वाटरफाईनल पुग्ने बाँकी ४ वटा टोलीहरुको टुंगो अर्को साता लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू