अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

आईसीसी टी–ट्वान्टी– पारसको वरीयता खस्किदा सन्दीपको सुधार

बिआरटीनेपाल २०७६ फागुन २९ गते ९:०७ मा प्रकाशित

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी खेलाडीको वरीयतामा नेपालका पारस खड्काको वरीयता खस्किएको छ । आईसीसीले सार्वजनीक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता खस्किएको हो । ब्याटिङ वरीयतामा पारस ७५ औं स्थानमा रहेका छन् । यसअघि उनी ६३ औं स्थानमा रहेका थिए ।

थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा खराब प्रदर्शन गरेपछि पारसको वरीयता झरेको हो । नेपालका ग्लोबल आइकन सन्दीप बलिङ वरीयतामा भने दुई स्थान सुधार भएको छ । नयाँ वरीयतामा सन्दीप ८४ औं स्थानमा उक्लिएका छन् । यस अघि सन्दीप ८६ औं स्थानमा रहेका थिए । पारसको अलराउण्डरतर्फको वरीयता यथावत रहदा करण केसीको वरीयता भने खस्किएको छ । पारस २६ औं र करण ८८ औं स्थानमा रहनुभएको छ ।

यस्तै सोमपाल कामीको अलराउण्डतर्फको वरीयता यथावत रहेको छ । उनी७३ औं स्थानमा रहेका छन् । टी– ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ । यस्तै, एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया