अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

कोलोराडोमा ८ जनामा कोरोना भाइरस

बिआरटीनेपाल २०७६ फागुन २४ गते ८:१२ मा प्रकाशित

डेनभर । यहाँ गरिएको परीक्षण अनुसार शुक्रवारसम्म ८ जना मानिस कोरोना भाइरस पोजेटिभ भेटिएका छन् । सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले परीक्षण गरेपछि उनीहरूलाई साँच्चीकै कोरोना भाइरस लागेको वा नलागेको हो भन्ने घोषणा गरिने छ ।

कोरोना भाइरस पोजेटिभ देखिएका सबै जना हालै कोलोराडो बाहिर वा अन्तर्राष्ट्रिय भ्रमण गरेका मानिस छन् । अर्थ यसको उनीहरूलाई कोरोना भाइरस यहाँ स्थानीय समुदायबाट सरेको होइन ।

सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को नयाँ व्यवस्था अनुसार सेवा प्रदायकहरूले पब्लिक हेल्थ डिपार्टमेन्ट बाहिर पनि स्वतन्त्र रूपमा कोरोना भाइरस परीक्षण गर्न सक्छन् । त्यस्तो परीक्षणबाट कोरोना भाइरस पोजेटिभ भएका मानिसहरूको सङ्ख्या बढ्ने सम्भावना छ ।

त्यसरी परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएकाहरूलाई सम्भावित कोरोना भाइरस प्रभावित मानिने छ । सिडिसीले परीक्षण गरी पुष्टि गरेपछि मात्र उनीहरूलाई कोरोना भाइरस लागेको वा नलागेको घोषणा हुनेछ ।

कोरोना भाइरस पोजेटिभ भेटिएको एक जना मानिस डेनभर काउन्टीका छन् । ४० वर्ष नाघेका ती मानिसलाई पानीजहाजमा यात्रा गर्दा कोरोना भाइरस सरेको हुनसक्ने अनुमान गरिएको छ । अर्का ७० नाघेकी महिलालाई चाहिँ हालै क्यानडाको भ्यान कुभर भ्रमण गर्दा कोरोना भाइरस सरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

त्यस्तै एक जना ४० कटेकी महिलालाई फिलिपिन्स र ५० नाघेकी महिलालाई अन्तर्राष्ट्रिय यात्रामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य अधिकारीहरूको आशङ्का छ । एल पासो काउन्टीका ४० नाघेका एक पुरुष र समिट काउन्टीका ३० नाघेका अर्का पुरुष भने क्यालिफोर्नियाको भ्रमण पछि कोरोना भाइरस पोजेटिभ फेला परेका छन् ।

 

प्रतिक्रिया