अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

आइसीसी विश्वकप क्रिकेट लिग– २ लागि नेपाली राष्ट्रिय टिमको घोषणा

बिआरटीनेपाल २०७६ माघ १० गते ७:२१ मा प्रकाशित

आइसीसी विश्वकप क्रिकेट लिग– २ का लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । घोषित टिममा अनुभवी खेलाडी सोमपाल कामी र बसन्त रेग्मीलाई आराम दिइएको छ भने कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ खेलाडीको सूची तयार पारेको हो । जसमा १९ वर्षमुनिको टिमबाट खेलिसकेका कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।

टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल रहँदा, उपकप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् । त्यस्तै टिमका अन्य खेलाडीहरुमा पारस खड्का, सन्दिप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहोरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुसान भारी, रोहित पोडैल, शरद भेषवाकर र ललितनारायण राजवंशी रहेका छन् । त्यस्तै वैकल्पिक खेलाडीहरुमा सुवास खकुरेल, पवन सर्राफ, सन्दीप जोरा र किशोर महतो रहेका छन् ।

प्रतिक्रिया