अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिर्यो

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:३२ मा प्रकाशित

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन मंसिर २२ गते पत्राचार गरेको थियो ।

तर एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको छ र चार अर्ब ५० करोड रुपैयाँ बुझाएको जनाइएको छ । किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्तावबारे ठूला करदाताको कार्यालयले भने निर्णय गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू