अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

मन्त्रिपरिषद् बैठक

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ८:०६ मा प्रकाशित

मन्त्रिपरिषद्को सोमबार बसेको बैठक एउटा निर्णय गर्दै सकिएको छ । सिंहदरबारमा बसेको बैठकले रक्षा मन्त्रालय मातहतको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

४ वर्षका लागि गठन भएको समितिको म्याद वैशाख २६ गते सकिन लागेकाले आजको बैठक सोही विषयलाई सम्बोधन गर्नका लागि बसेको शर्माले बताउनुभयो । यसबारे नयाँ कानुन नबनिसकेकाले समितिको म्याद एक वर्ष थप गर्ने निर्णय भएको उहाँको भनाइ छ । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिमार्फत पूर्वाधारसम्बन्धी काम हुँदै आएको छ । बैठकले यसबाहेक अरु निर्णय नगरेको शर्माले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू