अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 13:34

एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद गरिएको छैन : कांग्रेस प्रमुख सचेतक लेखक

बिआरटीनेपाल २०८१ वैशाख २६ गते ५:२३ मा प्रकाशित

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद नभएको बताउनुभएको छ । कांग्रेस र एमाले दुई ठूलो पार्टी मिलेर सरकार बनाउनुपर्छ भन्ने आम धारणा बन्न गएको दाबी गर्दै प्रमुख सचेतक लेखकले सो सम्बन्धमा ठोस संवाद भने भई नसकेको प्रष्ट्याउनुभएको हो ।

बुधबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा प्रमुख सचेतक लेखकले कांग्रेसले तत्काल सत्ता समिकरण भत्काउन खोज्यो भन्ने भनाई पनि सत्य नभएको जिकिर गर्नुभयो । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत दिगो विकास, सुशासन, विकास र समृद्धि संविधानमा उल्लेख गरिएकाले त्यसका लागि पनि ठूलो दलहरुबीच सहकार्य हुनुपर्ने उल्लेख गर्दै उहाँले त्यसलाई सरकारमा जाने विषयमा रुपमा चित्रण गर्न नहुने बताउनुभयो ।

प्रमुख सचेतक लेखकले संविधानमा देखिएको जटिलता र चुनौतिको सामना गर्न पनि ठूला दलहरुबीच संवादको आवश्यकता रहेको औंल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू