अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ’- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ वैशाख २६ गते ६:२२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनेक गरेर भए पनि आफू नेतृत्वको सरकारलाई पूरै अवधि चलाउने बताउनुभएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकामा बुधबार कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास निर्माणलगायत काम भइरहेको बताउनुभयो । ‘अनेक गरिन्छ तर सरकारलाई पुरै अवधि लगिन्छ, दुविधा नरहोस्,’ उहाँले भन्नुभयो, ‘विकास निर्माण, शिक्षा, स्वास्थ आदि क्षेत्रमा युगान्तकारी काम भएका छन्।’

आफू नेतृत्वको सरकारको काम सन्तोषजनक नभए पनि ठिकै प्रगति गरेको पनि प्रधानमन्त्रीले बताउनुभयो । उहाँले नीति कार्यक्रम र बजेटमा नयाँ भरोसा स्थापित गर्ने प्रयास गरिरहेको र बजेटमार्फत् राहत र विकासको काममा नयाँ सम्बोधन हुने बताउनुभयो । ‘आर्थिक अबस्था संकटमुक्त भइसकेको छैन। तर मैले नेतृत्व लिएयता धेरै सकारात्मक परिवर्न भएका छन्,’ प्रधानमन्त्रीले भन्नुभयो । आफू नेतृत्वको सरकारले जति काम गरे पनि प्रचार हुन नसकेको भन्दै उहाँले गुनासो समेत गर्नुभयो ।

‘खानेपानीका समस्या तत्काल हल गर्दैछौं। मलखाद र उन्नत बिउको समस्या हल गर्दै छौं,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘अरुले हामीले जति गरेको भए हल्ला गरैर सुनी नसक्नु बनाउँथे, हाम्रो अलि प्रचारमा ध्यान पुगेको छैन।’ प्रधानमन्त्रीले माओवादी धाराका दलहरुको एकता संयोजन समिति बन्न लागेको जानकारी पनि कार्यकर्ता भेलामा गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू