अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२४ | Colorodo: 06:39

चेल्सीद्वारा आर्सनल पराजित, लिभरपुल र म्यान्चेस्टर सिटी विजयी

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:२७ मा प्रकाशित

इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई हराएको छ । गएराती आर्सनलको मैदानमा भएको लण्डन डर्बीमा चेल्सी २–१ ले विजयी भयो । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । लिभरपुलको जितमा सादियो मानेले निर्णायक गोल गरे ।

गएराती म्यान्चेस्टर सिटीले शेफिल्ड युनाईटेडलाई २–० ले पराजित गरेको छ । गएरातीका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा १९ खेलबाट ५५ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ ।

एक खेल बढी खेलेको लेष्टर सिटी ४२ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको म्यान सिटीको ४१ तथा चौथो स्थानको चेल्सीको ३५ अंक छ ।

प्रतिक्रिया