अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

पोखरा प्रिमियर लिगमा चितवन राइनोजको लगातार दोस्रो जित

बिआरटीनेपाल २०७६ पुष ३ गते ८:३१ मा प्रकाशित

पोखरा प्रिमियर लिगमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा चिवतनले बुटवल ब्लास्टर्सलाई १ सय १९ रनले पराजित गर्योे । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा तीन विकेट गुमाउँदै २ सय ३ रन बनायो ।

उत्कृष्ट सुरुवात गरेको चितवनले पहिलो विकेटका लागि कप्तान पारस खड्का र रोहन मुस्तफाले सतकीय साझेदारी गर्न सफल भए । जारी पीपीएलमा पहिलो विकेटका लागि भएको यो सर्वाधिक ठुलो साझेदारी हो ।

जसमा पारस खड्काले ४० बलमा ६५ रन बनाउनुभयो । त्यस्तै रोहन मुस्ताफाले अविजित ७० रन बनाउँदा, आरिफ शेखले ४० रन बनाउनुभयो । जवाफमा बुटवल १८ ओभर चार बलमा ८४ रनमा अलआउट भयो । बुटवलको तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

प्रतिक्रिया