अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

केन्यामा पदक विजेता खेलाडीलाई पूर्व मन्त्री ढकालले गरे सम्मान

बिआरटीनेपाल २०७६ मंसिर ३० गते १७:२१ मा प्रकाशित

काठमाडौँ । सातौँ मोबोसा ओपन तोङ्ग ईल मोदो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी भई १ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेका नेपाली खेलाडीहरूलाई सम्मान गरिएको छ । पिस एम्बेसी भवन नक्सालमा सोमबार पूर्व मन्त्री एकनाथ ढकालले विजेता खेलाडीहरूलाई माला लगाएर सम्मान गरेका हुन् । यही डिसेम्बर ७ र ८ भएको अन्तर्राष्ट्रिय प्रतियोगिता तोङ्ग ईल मोदो सङ्घ नेपालका खेलाडी नमः विष्टले (कैलाली) १ स्वर्ण (फाँटमा) १ रजत (कातामा), प्रकाश श्रेष्ठले (झापा) १ रजत (काता), जयबहादुर तामाङ (गोरखा) १ रजत (फाइट) १ रजत (सामूहिक काता) १ कास्य (एकल काता) र मङ्गल शाहीले (सुर्खेत) १ कास्य (फाइट) पदक नेपालका जितेका हुन् ।

प्रतियोगितामा विश्वको २५ देशले सहभागिता जनाएको थिए । बधाई कार्यक्रम पछि बोल्दै पूर्व मन्त्री एकनाथ ढकालले खेलाडीहरूलाई देशको नाममा स्वर्ण पदक सहित ४ रजत र २ कास्य जितेर गौरव बढाउने कार्य गरेका बताए । तोङ्ग ईल मोदो सङ्घका अध्यक्ष सन्तोष कुमार पौडेल अध्यक्षतामा सम्पन भएको कार्यक्रममा विश्व शान्ति तथा एकृकित परिवार सङ्घ नेपालका अध्यक्ष प्रकाशबाबु थापा तथा सङ्घका केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया