अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२१ | Colorodo: 12:36

१४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:२३ मा प्रकाशित

१४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय भएको छ । आज बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको छ ।

बैठकको निर्णयमा भनिएको छ ‘आगामी १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पाकिस्तानमा आयोजना गर्ने निर्णय भएको छ । ६ महिनाभित्रमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक पाकिस्तानमा आयोजना गरी १४ औं दक्षिण एसियाली खेलकुदको मिति तय गरिने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया