अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

साग– पुरुष क्रिकेटमा नेपाललाई कास्य पदक

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:०० मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक चित्त बुझाउनु परेको छ । सोमबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपालले कास्य पदक हात पारेको हो । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले कमजोर प्रतिद्वन्दी माल्दिभ्सलाई नेपालले ५ विकेटले हरायो ।

माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालका आरिफ शेखले सर्वाधिक ३२ रनको बनाए । माल्दिभ्सका उमर अदमले ३ विकेट लिए ।

कीर्तिपुरस्थित टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । सन् २०१० मा पहिलो पटक क्रिकेट समावेश गरिएको सागमा नेपाल चौथौ स्थानमा सिमित बनेको थियो ।

प्रतिक्रिया