अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

बङ्गलादेशसँगको जीतसँगै पुरुष फुटबलमा नेपाल फाइनलमा

बिआरटीनेपाल २०७६ मंसिर २२ गते १०:३८ मा प्रकाशित

काठमाडौँ, १३ औँ साग अन्तर्गतको पुरुष फुटबलमा नेपाल १–० ले विजयी भएर नेपाल फाइनलमा प्रवेश गरेको छ । फाइनलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालका लागि खेलको सुरुवाती ११ औँ मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले आकर्षक गोल गरेका थिए । त्यसपछि केही अवसरहरूलाई नेपालले सदुपयोग गर्न सकेन भने बङ्गलादेशको गोल गर्ने प्रयास पनि असफल भएको थियो । दोस्रो हाफमा क्याप्टेन सुजल श्रेष्ठ घाइते भएर मैदान बाहिर रहेका थिए । उनको ठाउँमा सेसेहाङ आङदेम्बे खेलेको थिए ।

खेलको अतिरिक्त ५ मिनेटको अन्त्यतिर सेसेहाङ आङदेम्बेलाई फल्ट गर्दा बङ्गलादेशका खेलाडीले रेड कार्ड पाएका थिए भने उनले सहायक रेफरीलाई हात समेत हालेर एक छिन स्थिति तनावपूर्ण भएको थियो । खेल आइतबार साँझ ५ बजे दशरथ रङ्गशालामा सुरु भएको हो ।

शनिवार भएको खेलमा नेपालले मालदिभ्सलाई हराएको थियो । शनिवार नै भएको अर्को खेलमा भुटानले श्रीलङ्कालाई ३–० गोलले हराउँदै पहिलो पटक सागको फाइनल प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया