अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 16:11

साग महिला फुटवल– माल्दिभ्सविरुद्ध सहज जितसँगै नेपाल फाइनलमा

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:२९ मा प्रकाशित

पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध सहज जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँग फाइनल यात्रा पक्का गरेको हो । नेपालका लागि सावित्रा भण्डारीले कीर्तिमानी गोलसँग ह्याट्रिक पूरा गरिन् ।

पोखरा रंगशालामा भएको खेलको १६ औँ मिनेटमा साबित्राको गोलमार्फत नेपालले सुरुआती अग्रता बनाएको थियो । खेलको २० औँ मिनेटमा साबित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन् ।

खेलको इन्जुरी समयमा साबित्राले ह्याट्रिक पूरा गरेकी हुन् । साबित्राले नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाले बनाएको ३५ गोलको कीर्तिमान तोडेकी हुन् । नेपालले अब फाइनलमा शनिबार २ बजे भारतसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू