अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३४ | Colorodo: 11:49

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल -अर्जेन्टिनाद्वारा ब्राजिल पराजित

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ०:३० मा प्रकाशित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ । शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाल ब्राजिललाई १ः ० गोल अन्तरले हराएको हो । ब्राजिलको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे ।

मेस्सीले खेलको १४ औं मिनेटमा गोल गरेका थिए । मेस्सीले पेनाल्टीको रिबाउन्ड बलमा गोल गरेका थिए । सुरुवातमा मेस्सीको पेनाल्टी प्रहार ब्राजिलियन किपर एलिसन बेकरले रोकेका थिए । तर, रिबाउन्डमा आएको बललाई मेस्सीले जाली चुमाएका थिए ।

प्रतिक्रिया