अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

नेपाली महिला भलिबल टिमको ऐतिहासिक सफलता

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:१२ मा प्रकाशित

नेपाली महिला भलिबल टिमले ऐतिहासिक सफलता हासिल गरेको छ । पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेक्रममा नेपालले बंगलादेशमा बिहीबार सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि हासिल गरेको हो ।

फाइनलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो । नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सेटमा हराएको हो । पाँच राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।

नेपालले लिग चरणमा माल्दिभ्ससहित बंगलादेश, कीर्गिस्तान र अफगानिस्तानलाई हराएको थियो । यो उपाधि हासिल गरेसँगै नेपाल मंसिरमा घरेलु भूमिमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को उपाधिको प्रमुख दाबेदार बनेको छ ।

प्रतिक्रिया