अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

एभिसी महिला भलिबलमा नेपाललाई लगातार सफलता, उपाधि दाबेदारी

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ६:२७ मा प्रकाशित

बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आफ्नो दोस्रो खेलमा नेपालले सोमबार कीर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० को सोझो सेटमा हराएको हो ।

नेपालले मंगलबार आयोजक बंगलादेशविरुद्ध र अन्तिम खेलमा बुधबार माल्दिभ्सविरुद्ध खेल्नेछ। राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पनि सोझो सेटमा हराउँदै शानदार सुरुवात गरेको थियो। एक दिन अघि भएको त्यस खेल नेपालले २५–४, २५–९ र २५–६ को सोझो सेटमा जितेको थियो। एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिता पहिलोपटक आयोजना भएको हो।

प्रतिक्रिया