अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

इंग्ल्याण्डको क्रिकेट टोली ( मेरिलेबोन क्रिकेट क्लब ) फस्र्ट क्लास क्रिकेट खेल्न नेपालमा

बिआरटीनेपाल २०७६ कार्तिक १६ गते ७:०८ मा प्रकाशित

इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) को टोली शनिबार नेपाल आइपुगेको छ। विश्वकै सबभन्दा पुरानो क्रिकेट क्लब एमसिसीको टिम नेपाली राष्ट्रिय टिमसँग टी–ट्वान्टी, एक दीवसीय र फस्र्ट क्लास क्रिकेट खेल खेल्नका लागि नेपाल आएको हो। एक साता नेपालमा रहने सो टिमले पोखरामा स्थानीय क्लबसँग पनि दुई खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ।

नेपाली क्रिकेट विकासका लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसिसीले गत वर्ष साउनमा लिगेसी टुरको घोषणा गरेको थियो। यसअघि एमसिसीले सन् २०१५ मा पनि नेपाल भ्रमण गरेको थियो। यता, नेपालले पनि एमसिसीको भ्रमण गरिसकेको छ।

प्रतिक्रिया