अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 08:55

पोर्चुगललाई हराउँदै युक्रेन युरोकप फुटबलका लागि छनौट

बिआरटीनेपाल २०७६ असोज २८ गते ७:५९ मा प्रकाशित

पोर्चुगललाई हराउँदै युक्रेन युरोकप फुटबलका लागि छनौट भएको छ । गएराति युक्रेनमा भएको समूह ‘बी’ को खेलमा घरेलु टोली २–१ ले विजयी भयो । जितसँगै युक्रेनले ७ खेलबाट १९ अंक जोड्दै अर्को वर्ष हुने युरोकप फुटबलमा ठाउँ सुरक्षित गरेको हो ।

खेलमा पराजित भएपनि पोर्चुगलका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोले एक गोल गर्दै करियरमा गोल संख्या ७ सय पु¥याएका छन् । देशका लागि उनको यो ९५ औं गोल हो । देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरुको सूचीमा रोनाल्डो दोस्रो नम्बरमा छन् । शीर्ष स्थानमा रहेका इरानका अली दाइले देशका लागि १ सय ९ गोल गरेका छन् ।

युरोकप फुटबल छनौटका अन्य खेलहरुमा आईसल्याण्ड, अल्बानिया, सर्विया र कोसोभो विजयी हुँदा फ्रान्स र टर्कीले एक एक गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया