अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

टि–ट्वान्टी क्रिकेट सिरिजः नेपालद्वारा हङकङ ४ विकेटले पराजित

बिआरटीनेपाल २०७६ असोज १९ गते १९:३३ मा प्रकाशित

ओमानमा जारी पाँच राष्ट्र सहभागि टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ। ओमानको अल अम्रेट क्रिकेट मैदानमा भएको खेलमा हङकङले नेपाललाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको थियो।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो। हङकङका लागि वाकस बार्कटले ३७, किन्चित शाहले ३१, निजाकत खानले २३ र एहसान अब्बासीले १३ बनाएका थिए। हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि करण केसीले सर्वा्धिक चार र अविनाश बोहोराले एक विकेट लिए।

१ सय २६ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रेको नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो। नेपालका लागि विनोद भण्डारीले अर्ध शतक पुरा गरे। ४८ बलको सामना गरेका उनले चार चौका र तीन छक्काको मद्दतमा ५८ रन बनाए। आरिफ शेखले २१, सोमपाल कामीले १३ र पवन सरार्फले १० रन जोडेका थिए। कहङकङका नसरुल्ला राना र क्याल क्रिष्टिाइले दुई दुई विकेट लिए।

प्रतिक्रिया