अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

साफ फुटवल– भारत र बंगलादेश उपाधिका लागि भिड्ने

बिआरटीनेपाल २०७६ असोज १० गते ९:३३ मा प्रकाशित

काठमाडौंमा जारी तेस्रो संस्करणको १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् । शुक्रबार भएका सेमिफाइनलमा भारतले माल्दिभ्सलाई र बंगलादेशले भुटानलाई पराजित गरेको हो ।

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक मैदानमा भएका सेमिफाइनलका दुवै खेलमा ४–० को समान नतिजा आएको हो । समूह चरणमा भारत र बंगलादेशले गोलरहित बराबरी खेलेकाले आइतबार हुने फाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ ।

यसअघिका दुवै संस्करणको उपाधि विजेता नेपाल भने घरेलु मैदानमा समूह चरणबाटै बाहिरिएको थियो । नेपालले माल्दिभ्ससित १–१ को बराबरी खेल्दा भुटानसित ३–० को हार व्यहोरेको थियो ।

 

प्रतिक्रिया