अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

फिफा वरीयतामा नेपालको पाँच स्थान सुधार

बिआरटीनेपाल २०७६ असोज २ गते १०:०२ मा प्रकाशित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थान सुधार गरेको हो । नेपाल नयाँ वरीयतामा १६१ औँ स्थानमा उक्लन सफल भएको छ । यसअघि फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल १६६ औँ स्थानमा रहेको थियो ।

नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेलमा गरेको प्रदर्शनका आधारमा नेपालको स्थान सुधार भएको हो । नेपालले छनोट अन्तर्गत चाइनिज ताइपेइलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

नेपाल छनोट अन्तर्गत पहिलो खेलमा कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको थियो । विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । फ्रान्स दोस्रो हुँदा ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र पोर्चुगल पाँचौं स्थानमा रहेका छन् ।

 

प्रतिक्रिया