अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

बजेटका कारणले साग लक्षित पूर्वाधारका काम रोकिदैन– खेलकुद मन्त्री बिश्वकर्मा

बिआरटीनेपाल २०७६ भदौ २९ गते ९:५५ मा प्रकाशित

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले साग लक्षित निर्माणाधिन कुनै पनि पूर्वाधारका काम बजेटका कारण नरोकिने बताउनुभएको छ । खेलकुद स्थलहरुको स्थलगत अवलोकनका लागि पोखरा आउनुभएका मन्त्री बिश्वकर्माले आईतबार पत्रकार सम्मेलनमा बोल्दै पूर्वाधारका काम बजेटको कारणले नरोकिने बताउनुभएको हो । उहाँले नजिकिदै गरेको साग लक्षित पूर्वाधार सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग मिलेको बताउदै आर्थिक पाटोबाट नरोकिने बिश्वास दिलाउनुभयो ।

मन्त्री विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आउन ७८ दिन बाँकी रहेको भन्दै पुर्वाधार निर्माणमा लागेका कम्पनीहरुलाई तिब्र रुपमा काम गर्न आग्रह गर्नुभएको छ । साग देशको प्रतिष्ठासँग जोडिएको महत्वको प्रतियोगिता भएको उल्लेख गर्दै युवा तथा खेलकुद मन्त्रालय र राखेप व्यवस्थापकिय पक्षबाट केन्द्रित भएर लागेको उहाँको भनाई थियो । सो अवसरमा मन्त्री बिश्वकर्माले क्षेत्रीय खेलकुद बिकास समिति र जिल्ला कार्यसमितिमा रित्त रहेको पदलाई छिट्टै पुर्ती गर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया