अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

विश्वकप फुटबल – नेपालले चाइनिज ताइपेई लाई २–० ले हरायो

बिआरटीनेपाल २०७६ भदौ २५ गते १:४६ मा प्रकाशित

विश्वकप फुटबल २०२२ को छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्ध २–० ले हराएको छ । नेपालका लागि खेल सुरु भएको तीन मिनेटमै अञ्जन विष्टले गोल गर्दै १–० को अग्रता दिलाउनुभएको थियो  । फ्रिकिकमार्फत आएको बललाई अञ्जनले हेड गर्दै गोलमा परिणतमा गर्नुभएको हो ।

त्यस्तै अञ्जनले नै खेलको ६२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । ताइपेईले पटक– पटक गोल गर्ने प्रयास गरे पनि नेपालको डिफेन्स लाइन र गोलकिपर किरण चेम्जोङले बचाउनुभयो । ताइपेईविरुद्धको खेलका लागि नेपाली प्रशिक्षक योहान कलिनले एक जना मात्र फरवार्ड राख्नुभएको थियो । फरवार्डमा विमल घर्ती मगर मात्र रहनुभएको थियो ।

कुवेतविरुद्धको खेलमा जस्तै ताइपेईविरुद्ध पनि कलिनले पाँच जना मिडफिल्डर उतार्नुभएको थियो । आजको खेलमा मिडफिल्डरमा विशाल राई, सुजल श्रेष्ठ, रविशंकर पासवान, अञ्जन विष्ट र रोहित चन्द रहनुभएको थियो  भने डिफेन्समा अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र रञ्जित धिमाल हुनुहुन्थ्यो ।

प्रतिक्रिया