अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४ | Colorodo: 21:09

क्यान केन्द्रीय निर्वाचनका लागि ५९ केन्द्रीय प्रतिनिधि चयन

बिआरटीनेपाल २०७६ भदौ २२ गते ९:४७ मा प्रकाशित

नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवामा महत्वपूर्ण प्रगति भएको छ । देशभरबाट जिल्ला र प्रदेश निर्वाचन सम्पन्न भएसँगै अब केन्द्रीय निर्वाचन हुने निश्चित हुने भएको छ । आइसिसीबाट गठित स्वतन्त्र कमिटीका कानुनि सल्लाहकार राजेश्वर श्रेष्ठले निलम्बन फुकुवामा महत्वपूर्ण प्रगति भएको बताउनुभयो ।

प्रदेश र जिल्लाबाट छनोट भएका ५९ प्रतिनिधिले केन्द्रीय निर्वाचनबाट क्यानको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छन्। केन्द्रीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष १÷ १ जना हुनेछन्। बाँकी १३ जना सदस्य हुनेछन् । क्यानको केन्द्रीय कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ ।

क्यानको केन्द्रीय समितिको निर्वाचनपछि आइसिसीले नेपालको प्रतिबन्ध औपचारिक रुपमा फुकुवा गर्ने छ। क्यानको निर्वाचनबारे आइसिसी अक्टोबरमा हुने बोर्ड बैठकमा फुकुवाको प्रस्ताव प्रस्तुत हुने छ । सरकारी हस्तक्षेप भएको भन्दै २०७३ को वैशाखमा आइसिसीले क्यानलाई निलम्बन गरेको थियो। त्यसयता खेलाडीहरू आइसिसीको निगरानीमा प्रतियोगिता खेलिरहेका छन्।

प्रतिक्रिया