अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

युरो कप छनोट – जर्मनी नेदरल्याण्ड्ससँग ४- २ गोल अन्तरले पराजित

बिआरटीनेपाल २०७६ भदौ २१ गते ०:२५ मा प्रकाशित

युरो कप २०२० छनोट खेलमा जर्मनी नेदरल्याण्ड्ससँग ४- २ ले पराजित भएको छ । गएराति भएको समूह सी को रोमाञ्चक खेलमा जर्मनी नेदरल्यान्ड्ससँग पराजित भएको हो । खेलमा जर्मनीले एक गोलको अग्रता जोगाउन सकेन ।

पहिलो हाफमा जर्मनीले एक शुन्यले अघि रहेको थियो । खेलको नौ मिनेटमा नै जर्मनीका नाब्रीले गोल गरेका थिए । दोस्रो हाफमा नेदरल्यान्ड्सका डी जोङले ५९ औं मिनेटमा गोल गरे भने ६६ औं मिनेटमा जर्मनीको आत्मघाती गोलबाट डच टिमले अग्रता बनाउन सक्यो ।

जर्मनीका ताहले आत्मघाती गोल गरेका थिए । त्यसपछि ७३ औं मिनेटमा डच टिमका क्रुसले आफ्नै पोष्टमा गोल गरेपछि खेल दुई–दुईको बराबरीमा पुगेको थियो । ७९ औं मिनेटमा मलिनले फेरि डच टिमका लागि तेस्रो गोल गर्दा खेल तीन–दुईको अवस्थामा पुग्यो ।

खेलको इन्जुरी समयमा नेदरल्याण्ड्सले चौथो गोल थप्यो । तर त्यसपछि जर्मनी खेलमा फर्कन सकेन र पराजित भयो । जितपछि नेदरल्याण्ड्सले तीन खेलमा ६ अंक बनाएको छ भने जर्मनीको चार खेलमा नौ अंक छ । समूह सी को शीर्ष स्थानमा आयरल्याण्ड रहेको छ । उसले चार खेलबाट १२ अंक बनाएको छ ।

प्रतिक्रिया