अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

नेपाल ओलम्पिक कमिटीको निर्वाचन स्थगित

बिआरटीनेपाल २०७६ भदौ १९ गते ८:०९ मा प्रकाशित

नेपाल ओलम्पिक कमिटीको कार्यसमिति निर्वाचन स्थगित भएको छ । मंगलबार सर्वोच्च अदालतले कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश दिएको थियो । सोही आदेशअनुसार शुक्रबार (भोलि) हुने भनिएको ओलम्पिक कमिटीको निर्वाचन स्थगित भएको हो ।

नेपाल ओलम्पिक कमिटीले आज प्रेस विज्ञप्ति निकाल्दै भदौ २० गते हुने भनिएको निर्वाचन स्थगित गरिएको जानकारी दिएको छ । कमिटीले निर्वाचन कमिटीले अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको बताएको छ । निर्वाचन रोक्न माग गर्दै नेपाल ओलम्पिक कमिटीका सदस्य कमल बहादुर चित्रकारले हालेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया