अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 21:00

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाईटेड २–१ गोल अन्तरले पराजित

बिआरटीनेपाल २०७६ भदौ ८ गते ९:५६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड अप्रत्यासित हारको सिकार हुँदा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । युनाईटेडविरुद्ध क्रिस्टल प्यालेसले अक्तिरिक्त समयमा गरेको गोल निर्णायक हुँदा युनाईटेड स्तब्ध बन्यो । युनाईटेडको घरेलु मैदानमा क्रिस्टल प्यालेसले १९८९ पछि पहिलो जित आत्मासाथ गर्न सफल रह्यो । अतिरिक्त समयको तेस्रो मिनेटमा प्याट्रिक भान अनहोल्टले काउन्टर याट्याकमा सुन्दर गोल गरेपछि युनाईटेड खेलमा पछाडि पर्यो ।

त्यसअघि खेलको सुरुवाती अग्रता पनि क्रिस्टल प्यालेसले लिएको थियो । प्यालेसले जोर्डन अविले ३२ औं मिनेटमा प्यालेसका लागि पहिलो गोल गरेका थिए । खेलमा फर्कने क्रममा निर्धारित समयको एक मिनेट बाँकी रहँदा जेम्सले बराबरी गोल फर्काए । खेलको अक्तिरिक्त समयमा युनाईटेड खेल गुमाउन बाध्य भयो । त्यसअघि मार्कुस रासफोर्डले पेनाल्टीको मौका चुकाएका थिए ।

प्रतिक्रिया