अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

‘ला लिगा’को नयाँ सिजन आजबाट

बिआरटीनेपाल २०७६ साउन ३१ गते ७:४४ मा प्रकाशित

स्पेनिस लिग फुटबल ‘ला लिगा’को नयाँ सिजन आजबाट सुरु हुँदैछ । आज राति साविक विजेता बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।यो खेलमा बार्साका स्टार खेलाडी लियोनल मेस्सी हुने छैनन् । पिडुँलाको चोट बोकेका मेस्सीले अहिले टिमभन्दा बाहिर छुट्टै अभ्यास गरिरहेका छन् ।

मेस्सी पूर्णरुपले फिट नभएकोले आफुले कुनै जोखिम उठाउन नचाहेको बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले बताएका छन् । स्पेनिस लिग फुटबलमा पहिलो हप्ताका अन्य खेलहरुमा रियाल मड्रिडले सेल्टा भिगोसँग खेल्दा एथ्लेटिको मड्रिडको भिडन्त गेटाफेसँग हुनेछ ।

प्रतिक्रिया