अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

मैत्रीपूर्ण खेलमा चेल्सी र लिभरपुल विजयी, आर्सनल बराबरीमा रोकियो

बिआरटीनेपाल २०७६ साउन १६ गते ९:५१ मा प्रकाशित

मैत्रिपूर्ण फुटबलका खेलहरुमा चेल्सी र लिभरपुल विजयी हुँदा आर्सनल बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा चेल्सीले अष्ट्रियाको रेडबुल साल्जबर्गलाई ५–३ ले हरायो ।

खेलमा पाहुना टोली चेल्सीका लागि अमेरिकी खेलाडी क्रिश्चियन पुलिसिचले दुई गोल गरे । यसै सिजनमा चेल्सी आएका पुलिसिचको नयाँ क्लबका लागि यो पहिलो गोल हो । गएराती चेल्सीको जितमा रोस बाकर््ले, पेड्रो र मिचि बात्सुइले पनि एक एक गोल थपे । जितसँगै चेल्सीका प्रशिक्षक फ्राङ्क लाम्पार्डले आफ्नो पछिल्ला तिनवटा खेलमा चेल्सीलाई जिताएका छन् ।

गएराती भएका अन्य मैत्रिपूर्ण खेलहरुमा इंग्लण्डको लिभरपूलले फ्रान्सको लियोंलाई ३–१ ले हरायो । लिभरपुलको जितमा रोबर्टो फर्मीनो र ह्यारी विल्सनले एक एक गोल गर्दा लियोंका वाकिम एन्डर्सनले एक आत्माघाति गोल गरे । गएराती नै भएको अर्को खेलमा इंग्लीश क्लब आर्सनलले फ्रान्सको एंगर्ससँग १–१ गोलको बराबरी खेलेको छ ।

प्रतिक्रिया