अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

पौडी र आर्चरी टोली जापान प्रस्थान

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:३९ मा प्रकाशित

नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि पौडी र आर्चरी टोली मंगलबार जापानको टोकुसिमा प्रस्थान गरेको छ ।

पौडी खेलाडीमा अनुभव सुब्बा, दिपांकर अवाले, उपास्ती महर्जन र अनुसिया तण्डुकार रहेका छन् । प्रशिक्षकमा पौडी मुख्य प्रशिक्षक शंकर कार्की छन् । आर्चरी खेलाडीमा तिलक पुन मगर, रोशन नगरकोटी, ज्ञानु अवाले र मित्र राई छन् । अफिसियलमा नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ रहनुभएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । तालिम अगष्ट १ देखि सेप्टेम्बर २ तारिखसम्म हुनेछ ।

प्रतिक्रिया