अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

नेपाल क्रिकेट संघको निलम्बन यथावत

बिआरटीनेपाल २०७६ साउन ४ गते ६:५६ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इंग्ल्यान्डको लन्डनमा हालै बसेको आइसीसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल न गरेको बताईएको छ ।

आइसीसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई वि.सं. २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भएपनि सफल हुन सकेको छैन । आइसीसीको प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आइसीसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ ।

त्यसैगरी, आइसीसीको बैठकले जिम्बाब्वे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ । जिम्बाब्वे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले जिम्बाब्वेलाई निलम्बन गरेको हो । सरकारी हस्तक्षेप बढेको र आइसीसीको धारा २ (४) को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बाब्वेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो ।

आइसीसीले निलम्बनसँगै जिम्बाब्वेको सबै अनुदानसमेत रोक्का गरेको छ । जिम्बाब्वे अहिले आर्थिक संकटमा छ । आइसीसीले जिम्बाब्वे क्रिकेट बोर्डलाई तीन महिनाभित्र यस मुद्दालाई समाधान गर्न समयसीमा (अल्टिमेटम) दिएको छ । आइसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने मापदन्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई पनि निष्कासन गरेको छ ।

प्रतिक्रिया