अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

पोखरा रंगशाला प्राकृतिक हुनुपर्छ- सदस्य सचिव सिलवाल 

बिआरटीनेपाल २०७६ असार २८ गते ७:११ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक नै बनाउनुपर्ने बताउनुभएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक हुनुपर्नेमा जोड दिनुभयो ।

आफू जागिर खानका लागि सदस्य सचिव नबनेको उल्लेख गर्दै सिलवालले अगाडिको साग गेम नै आफ्नो लागि पहिलो अग्नी परीक्षा भएको प्रष्ट पार्नुभयो । खेलकुदको क्षेत्रमा रहेको समस्यालाई समाधान गरेरै छाड्ने उहाँको जिकिर थियो । साग गेमको तीन महिना अघि नै पोखरामा भौतिक पूर्वाधार बनिसक्ने सिलवालले बताउनुभयो ।

प्रतिक्रिया