अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई

बिआरटीनेपाल २०७६ असार २३ गते ९:५७ मा प्रकाशित

यस वर्षको कोपा अमेरिका फुटबलको उपाधि ब्राजिलले जितेको छ । आफ्नै देशमा गएराति भएको फाइनलमा पेरुलाई ३–१ ले हराउँदै ब्राजिल दक्षिण अमेरिकी महादेशको नयाँ च्याम्पियन बनेको हो ।

खेलमा ब्राजिललाई विजयी गराउन सुसा सुवारेस, ग्याब्रिएल जिसस र रिचार्लीसनले एक–एक गोल गरे । पराजित टोली पेरुका लागि पाउलो गुरेरोले एक गोल फर्काए । जितसँगै ब्राजिलले १२ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पा¥यो । समग्रमा ब्राजिलका लागि यो नवौं कोपा अमेरिका उपाधि हो ।

सन् २०१६ को रियो ओलम्पिकमा स्वर्ण पदक जितेयता ब्राजिलका लागि यो पहिलो फुटबल उपाधि हो ।

प्रतिक्रिया