अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त

बिआरटीनेपाल २०७६ असार २३ गते ९:५३ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा रमेश सिलवाल नियुक्त हुनुभएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सोमबार सिलवाललाई सदस्यसचिवमा नियुक्त गनुृभएको हो । सिलवाललाई सोमबारै खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री विश्वकर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

निवर्तमान सदस्यसचिव केशवकुमार विष्टको चारवर्षे कार्यकाल असार ९ गते पूरा भएपछि रिक्त पदमा सिलवाललाई नियुक्त गरिएको हो । सिलवाललाई पहिला राष्ट्रिय खेलकुद संघको तर्फबाट रिक्त कोटामा परिषद् सदस्यमा नियुक्त गरेपछि सदस्यसचिवको जिम्मेवारी तोकिएको हो ।

सिलवाललाई आइतबार नेपाल भलिबल संघले राखेपको बोर्ड सदस्य नियुक्तिका लागि सिफारिस गरेको थियो । संघहरुको प्रतिनिधित्व गर्दै परिषद्मा नियुक्ति लिएका राखेपका निर्वतमान सदस्यसचिव विष्ट र सदस्य राजेन्द्र श्रेष्ठको पदावधि सकिएपछि दुई पद रिक्त थियो ।

सिलवाल यसअघि विष्ट नेतृत्वको परिषद्बाट गठित नेपाल क्रिकेट संघ (क्यान)को तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो । सिलवाल पूर्वक्यान उपाध्यक्ष पनि हुनुहुन्छ । गोल्डेनगेट कलेजका ‘सीइओ’ उहाँ उच्च माध्यमिक विद्यालयहरुको संस्था ‘हिसान’को अध्यक्षसमेत बन्नुभएको थियो ।

प्रतिक्रिया