अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेट– मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा

बिआरटीनेपाल २०७६ असार २३ गते ९:४७ मा प्रकाशित

नेपाल एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो ।

नेपालले १५ ओभर पाँच बलमा तीन विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो । नेपालका लागि भीम सार्कीले अविजित ३३ र रोहितकुमार मण्डलले अविजित ३१ रन बनाए । यसअघि नेपालका सागर ढकालले तीन र कुशल मल्लले दुई विकेट लिएको खेलमा मसेसियाले ४० दशमलव ५ ओभरमा अल आउट हुँदै ८७ रन बनाएको थियो ।

समूह चरणका दुवै खेल जितेको नेपाल समूह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको थियो । उता, मलेसिया भने समूहका ३ खेलमा २ जित निकाल्दै समूह उपविजेता बनेको थियो । प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलको विजेतासँग नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया