अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

नेपाल वायु सेवा निगमको व्यवस्थापन माथि सरकारको विश्वास छैन– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असार १६ गते ९:४७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताउनुभएको छ । ३७ अर्ब रुपैयाँ घाटामा रहेको निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले निगमको ब्यवस्थापन र कार्यशैली नसुध्रिए सरकारले कुनैपनि सहयोग नसक्ने बताउनुभयो ।

निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्काल निगमको समग्र काम कारवाहीमा सुधार नभए त्यसका सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न सरकार बाध्य हुने चेतावनी समेत दिनुभएको छ । निजी क्षेत्रले चलाउन सक्ने विमान निगमले चलाउन नसक्नुको कारण के हो ? भन्दै प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि निगमले गन्तव्यको खोजी गर्न नसकेकोमा आपत्ति जनाउनुभयो । सरकार निगमको साथमा रहेको तर निगमले विमान सञ्चालन गर्न नसकेकोमा प्रधानमन्त्रीको आक्रोश थियो ।

प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान भर्नका लागि युरोपियन मुलुकहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरुलाई चुस्त राख्न पनि निगमलाई सचेत गराउनुभयो । आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटने गरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू