अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

पोखरा बीच भलिबलमा विभागीय क्लबहरुकै वर्चस्व

बिआरटीनेपाल २०७६ असार ९ गते १०:१७ मा प्रकाशित

पोखरामा सम्पन्न छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुषबीच भलिबलमा विभागीय क्लबहरुले नै वर्चस्व कायम गरेका छन् । प्रतियोगिता अन्तर्गत महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ र पुरुषतर्फ नेपाली सेनाको त्रिभुवनआर्मी क्लब च्याम्पियन बनेको छ ।

महिला तर्फको उपाधि सशस्त्र प्रहरी बल एपीएफ क्लब ए’ टिमका बिनिता बुढाथोकी र नेबिका चौधरीले उचालेका छन् । सोमबार विहान भएको फाइनलमा बिनिता र नेबिकाको जोडी एपीएफ ‘ए’ ले अर्को विभागीय नेपाल पुलिस क्लब ‘ए’ का निता शाह र कोपिला उप्रेतीको जोडीलाई २१–१३ र २१–१३ को सोझो सेटमा हराउँदै उपाधि उचालेको हो ।

पुरुषतर्फको उपाधि भने नेपाली सेना त्रिभुवन आर्मी ‘ए’ का मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडीले जितेका छन् । सम्पन्न फाइनलमा मानबहादुर र दिलकुमारको जोडीले गण्डकी प्रदेश ‘बी’ का राजु बि.क. र अर्जुन दर्लामीमगरको जोडीलाई २१–१६, १८–२१ र १८–१६ ले जित्दै च्याम्पियन बन्न सफल भएको हो ।

प्रतियोगितामा महिला र पुरुष दुवै तर्फ पहिलो, दोश्रो र तेश्रो हुने टिमका ६÷६ जना खेलाडीहरु नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) र मालदिभ्समाहुने एशियन सेन्ट्रल जोन बीच भलिबलका लागि छनौट भएको जनाईएको छ ।

प्रतिक्रिया