अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

दक्षिण एसियाली खेलकुद प्रतियोगिता डिसेम्बरमा हुने

बिआरटीनेपाल २०७६ असार ८ गते ९:४१ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताउनुभएको छ । त्यसो हुन नसके नेपालले प्रतियोगिता आयोजनाको जिम्मेवारी गुमाउँने विष्टले बताउनुभयो । राजधानीमा आईतबार आयोजित साक्षात्कारमा बोल्दै उहाँले आगामी डिसेम्बर एक देखि १३औँ दक्षिण एसियाली खेलकुल प्रतियोगिता सुरु हुने जानकारी गराउनुभयो ।

डिसेम्बरमा पनि नेपालले प्रतियोगिता गर्न नसके आयोजनाको जिम्मेवारी नै गुमाउनुपर्ने र त्यसो भयो भने राष्ट्रघात हुने भन्दै भन्दै उहाँले सम्पुर्ण शक्ति प्रयोग गरी प्रतियोगिता सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । विष्टले प्रतियोगिताका लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेकाले भदौ सम्ममा सम्पूर्ण संरचना निर्माणको काम सम्पन्न हुने दाबी गर्नुभयो । विगतमा पटक पटक मिति सार्नुपरेको विषयलाई लिएर प्रतियोगिताप्रति नै शंका आशंका नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै विष्टले समस्या समाधान नभए शक्तिशाली नेपाल क्रिकेट बोर्ड गठन गरि क्रिकेटको विकासलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उहाँ ले आफ्नो ४ बर्षे कार्यकालको प्रगति विवरण पनि प्रस्तुत गर्नुभएको थियो । परिषद्को सदस्यसचिवका रुपमा विष्टको चार वर्षे कार्यकाल सोमबार सकिदै छ ।

प्रतिक्रिया