अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 20:59

कोपा अमेरिका फुटबल २०१९ः जापानसँग बराबरीमा रोकियो उरुग्वे

बिआरटीनेपाल २०७६ असार ५ गते २२:५९ मा प्रकाशित

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत शुक्रबार बिहान भएको खेलमा उरुग्वे जापानसँग बराबरीमा रोकिएको छ । समूह सी अन्तर्गतको खेलमा आमन्त्रित टिम जापानले उरुग्वेलाई २(२ को बराबरीमा रोकेको हो ।

जापानका लागि कोजी मियोशीले दुवै गोल गरेका हुन् । उरुग्वेका लागि लुइस स्वारेज र जोसे गिमेन्जेले गोल गरे । २५ औँ मिनेटमा कोजीको गोलबाट जापानले सुरुवाति अग्रता लियो । ३२ औँ मिनेटमा पाएको पेनाल्टीमा स्वारेजले उरुग्वेका लागि बराबरी गोल फर्काए ।

५९ औँ मिनेटमा कोजीले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः जापानलाई अग्रता दिलाए । तर ६६ औँ मिनेटमा जोसेले उरुग्वेका लागि बराबरी गोल गरे । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

पहिलो खेलमा इक्वेडरमाथि ४(० को जित निकालेको उरुग्वे दोस्रो खेलमा बराबरी गरेपछि चार अंकसहित समूहको शीर्ष स्थानमा छ । पहिलो खेलमा चिलेसँग ४(० ले पराजित भएको जापान दोस्रो खेलमा बराबरी गरेर एक अंक जोड्न सफल भएको छ ।

प्रतिक्रिया