अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

फिफा वरियतामा नेपाल ४ स्थान तल झर्यो, उत्कृष्ट ४ देश यथावत

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ९:४७ मा प्रकाशित

फिफा वरियतामा नेपाल ४ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार जारी गरेको नयाँ वरियतामा नेपाल ४ स्थान तल झर्दै १६५ औं स्थान कायम भएको हो । यसअघि अप्रिल ४ मा प्रकाशित वरियतमा नेपाल १६१ औं स्थानमा थियो । दक्षिण एसियामा नेपालको वरियता स्थान तेस्रो हो।

त्यस्तै भारत १०१ औं स्थानमा छ भने माल्दिभ्स भने १५१ औं स्थानमा छ। बंगलादेश १८३ औं, भुटान १८६ औं, श्रीलंका २०१ औं र पाकिस्तान २०५ औं स्थानमा छ।

बेल्जियम, फ्रान्स, ब्राजिल र इंङल्याण्ड क्रमश पहिलो, दोस्रो, तेस्रो र चौंथो स्थानमा यथावत छन्। यसअघिको वरियतामा पनि यी देश सोही स्थानमा थिए। पोर्चुगल पाँचौं, क्रोएसिया छैठौं, स्पेन सातौं र उरुग्वे आठौं स्थानमा छ। स्वीट्जरल्याण्ड नवौं स्थानमा हुँदा डेनमार्क दशौं स्थानमा छ।

प्रतिक्रिया