अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

युरोकप फुटवल– स्पेनसँग स्वीडेन पराजित

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:४९ मा प्रकाशित

युरोकप फुटबल २०२० को छनौट अन्तर्गत सोमबार राति भएको खेलमा स्पेनले स्वीडेनलाई ३– ० ले पराजित गरेको छ । समूह एफ अन्तर्गतको खेलमा स्पेनले स्वीडेनलाई पराजित गरेको हो ।

स्पेनले तीनै गोल दोस्रो हाफमा गरेको हो जसमध्ये दुई गोल पेनाल्टी मार्फत भएका हुन् । स्पेनले पहिलो अग्रता खेलको ६४ औँ मिनेटमा पेनाल्टीमार्फत लिएको थियो । सो गोल सर्जियो रामोसले गरेका थिए ।

यसैगरी दोश्रो गोल पनि ८५ औँ मिनेटमा पाएको पेनाल्टी मार्फत नै भयो । सो पेनाल्टी अल्भारो मोराटाले प्रहार गरेका थिए ।

त्यसको दुई मिनेटपछि मिकेल ओयार्जाबालले स्पेनका लागि तेश्रो गोल गरे । स्पेनको यो जितसँगै रामोस अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल जित्ने खेलाडी बनेका छन् । उनले स्पेनबाट १२३ खेल जितेका छन् ।

प्रतिक्रिया