अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

विश्वकप क्रिकेटमा भारतले दियो अष्ट्रेलियालाई ३ सय ५३ रनको लक्ष्य

बिआरटीनेपाल २०७६ जेठ २६ गते ९:३२ मा प्रकाशित

१२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भईरहको खेलमा भारतले अष्ट्रेलियालाई ३ सय ५३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निधारित ५० ओभरमा पाँच विकेटको क्षतिमा ३ सय ५२ रनको बनाएको हो ।

भारतकालागि शिखर धवनले शतक प्रहार गरेका छन् । १ सय ९ बलको सामना गरेका उनले १६ चौकाको मद्दतमा १ सय १७ रन बनाएका छन् । यस्तै कप्तान विराट कोहलीले ८२, रोहित शर्माले ५७, हार्दिक पाण्ड्याले ४८ र महेन्द्रसिंह धोनीले २७ रन बनाए ।
बलिङतर्फ अष्ट्रलियाका मार्कस स्टोनिसले दुई तथा प्याट कुमिन्स, मिचेल स्टार्क र नाथन कौल्टर निलले समान एक–एक विकेट लिए । ३ सय ५३ रनको लक्ष्य पाएको अष्ट्रेलिया केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया