अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४८ | Colorodo: 18:03

लियोनल मेस्सीले लगातार तेस्रो पटक जिते गोल्डेन बुट अवार्ड

बिआरटीनेपाल २०७६ जेठ १० गते २३:१२ मा प्रकाशित

स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले लगातार तेस्रो पटक गोल्डेन बुट अवार्ड जित्नुभएको छ । युरोपियन लिगको यस सिजनमा सवार्धिक गोलकर्ता बन्दै मेस्सीले गोल्डेन बुटको अवार्ड जित्नुभएको हो । अर्जेन्टिनाका मेस्सीले यस सिजनमा कुल ३६ गोल गर्नुभएको थियो ।

योसँगै मेस्सीले लगातार तेस्रो सिजन गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउनुभएको छ । मेस्सीको यो समग्रमा छैटौं गोल्डेन बुट हो । मेस्सी भन्दा पछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहनुभएको छ । रोनाल्डोले चार पटक गोल्डेन बुटको अवार्ड जितिसक्नुभएको छ ।

यसअघि मेस्सीले सन् २००९ र १० मा ३४ गोल, २०११ र १२ मा ५०, २०१२ र १३ मा ४६ र २०१६ र १७ मा ३७ गोल गर्दै गोल्डेन बुट जित्नुभएको थियो ।

प्रतिक्रिया