अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

आठौं राष्ट्रिय खेलकुद –उपाधि त्रिभुवन आर्मीले जित्ने लगभग पक्का, गण्डकी प्रदेश सातौं स्थानमा

बिआरटीनेपाल २०७६ वैशाख १० गते ९:५७ मा प्रकाशित

नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मीले जित्ने लगभग पक्का भएको छ । विभिन्न खेलका २ सय ७ वटा स्वर्ण पदकको लागि भएको प्रतिष्पर्धामा आर्मीले ८७ स्वर्ण पदक हात पारी उपाधि जित्ने लगभग पक्का गरेको हो । खेलको शुभारम्भबाटै अग्रता कायम गरेको आर्मीले बाँकी दुई विभागियको स्वर्ण पदक भन्दा पनि दोब्बरले अग्रता कायम गरेकोले उपाधि जित्ने लगभग पक्का भएको हो ।

हालसम्म आर्मीले ८७ स्वर्ण ५५ रजत ४४ कास्य सहित १ सय ८६ पदकको साथमा अग्रस्थानमा रहेको छ । त्यसै गरी नेपाल पुलिसलाई सशस्त्र प्रहरी वलको एपिएफले जित्दै आफुलाईं दोश्रो स्थानमा पुराएको छ । एपिएफले ३५ स्वर्ण ३६ रजत र ४४ कास्य सहित १ सय १५ पदक जित्दै दोश्रो स्थानमा रहेको हो । पुलिसले ३३ स्वर्ण, ३३ रजत र ३२ कास्य पदक सहित ९८ पदक हात पार्दा तेश्रो स्थानमा रहेको हो । सुरुबाटै दोश्रो स्थानमा रहदै आएको पुलिसले एपिएफ भन्दा २ वटा स्वर्ण पदक बढी ल्याउदै सोमबारको खेलबाट अग्रता लिन थालेको छ ।

चौथो स्थानमा रहेको प्रदेश नम्बर ३ ले १६ स्वर्ण २४ रजत र ३९ कास्य गरी ७९ पदक हात पारेको छ । आयोजक प्रदेश नम्बर ५ ले ७ स्वर्ण १७ रजत र ३३ कास्य गरी ५७ पदक हात पार्दै पाचौं स्थानमा आएको छ । कर्णाली प्रदेश अंक तालिकाको छैठौं स्थानमा छ । कर्णालीले ७ स्वर्ण, ५ रजत र १९ कास्य गरी ३१ पदक जित्न सफल भएको छ ।

गण्डकी प्रदेश अंक तालिकाको सातौं स्थानमा पुगेको छ । गण्डकीले ६ स्वर्ण, ११ रजत र २९ कास्य गरी ४६ पदक जितेको छ । प्रदेश नं २ पदक तालिकाको आठौं स्थानमा छ । प्रदेश २ ले ६ स्वर्ण ७ रजत र १४ कास्य गरी २७ पदक जित्दा आठौं स्थानमा रहेको छ । प्रदेश नं १ पदक तालिकाको नवौं स्थानमा छ । प्रदेश नं १ ले ४ स्वर्ण, १६ रजत र ३७ कास्य गरी ५७ पदक जितेको छ । ४ स्वर्ण र ४ कास्य गरी ८ पदक ल्याएको एनआरएनए पदक तालिकाको १० औं स्थानमा रहेको छ ।

कर्णाली प्रदेश भने अंक तालिकाको अन्तिममा रहेको छ । कर्णालीले २ स्वर्ण, २ रजत र ६ कास्य सहित १० पदकको साथमा अंह तालिकाको पुच्छरमा रहेको हो । ४५ खेलको लागि ३ सय ७२ स्वर्ण पदकको लागि प्रतिष्पर्धा हुदैछ ।

प्रतिक्रिया